काठमाण्डौ । खेलको एक हिस्साका रुपमा रहन्छ एक खेलाडीको चोट तर कतिपय चोट यस्ता हुन्छन्, जसले खेलाडीको लोभलाग्दो करिअर नै समाप्त बनाइदिन्छ । चोटलाई जितेर मैदान फर्किनेहरूलाई पनि पुरानै लयमा आउन धेरै नै कठिन हुन्छ ।
नेपालका पनि धेरै खेलका धेरै खेलाडीमा यो समस्या देखिएको छ तर घुँडाको चोटका कारण लामो समय भलिबल कोर्ट बाहिर रहेकि प्रतिभा मालीका हकमा भने यि कुरा लागु भएनन् चोटलाई परास्त गरि कोर्ट फर्किएकी मालीले भने भर्खरै सम्पन्न एनभीए क्लब लिगको उपाधि आफ्नो टिम न्यू डामयण्डलाई जिताउन उत्कृष्ट खेल देखाउदै प्रतियोगिता कै उत्कृष्ट खेलाडी पनि बनिन् ।
गत पुसमा पोखरामा भएको मैत्रीपूर्ण खेलबाट पुनरागमन गरेकी प्रतिभाले पोखरामै टाइगर कप र नेपालगञ्जमा प्रधानमन्त्री कप भलिबल खेलिन् ।
१३ वर्षको उमेरमै नेपालको राष्ट्रिय टीममा डेब्यु गरेकी ओपन स्पाइकर प्रतिभा माघ २०७६ मा एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेलका क्रममा घाइते भएकी थिइन् ।