काठमाडौँ । निजामती सेवाबाट सेवानिवृत्त भएका शिवशर्मा अधिकारी सम्मानित भएका छन् । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।
निजामति सेवामा कुशलतापूर्वक काम गरेको कदर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाबाट अधिकारी सम्मानित भएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख अतिथि र काङ्ग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल विशिष्ट अतिथि रहेका थिए ।