भदौ २०, २०७९ सोमबार

काठमाडौँ – नबिल बैंक र दराज बीच ‘दराज दसैँ धमाका’ महोत्सवका लागि सम्झौता भएको छ।

नबिलले नजिकिँदै गरेको नेपालीहरूको महान पर्व दसैँलाई ध्यानमा राखी यही आउँदो भाद्र २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्ड प्रयोगकर्तालाई आकर्षक छुटको व्यवस्था गरेको हो।

दराज दसैँ धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम १५५ वा रु २,००० सम्मको छुट र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानीमा अधिकतम २०५ वा रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्ड ई-कमर्सको लागि सक्रिय गर्नु पर्नेछ।

दराज दसैँ धमाका २०७९ का लागि नबिलका तर्फबाट बैंकका रिटेल कारोबार प्रमुख निरज शर्मा र दराजका तर्फबाट अरुण फुयालले हस्ताक्षर गरेका थिए। रिटेल कारोबार प्रमुख शर्माले यो सहकार्य आफैमा एउटा उत्सव भएको र आफ्ना ग्राहकहरूलाई आउँदै गरेको दसैँको शुभकामना रहेको बताए।

यस महोत्सवले दराज साथै नबिल कार्ड वाहाक माझ छुट्टै उत्साह थपिने कुरामा आफू विश्वस्त रहेको दराजका अरुण फुयालले बताए।