एजेन्सी।
इटालियन सिरी एु फुटबलमा आज इन्टर मिलान र एसी मिलानबीच प्रतिस्पर्धा हुँदैछ ।
मिलान डर्बी एसी मिलानको घरेलु मैदानमा हुने प्रतियोगिता नेपाली समय अनुसार साझ ७ बजेर ४५ मा हुनेछ ।
दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले डर्बी भिडन्त निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
दुबै टिम जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा छन् ।
इन्टर २२ खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
मिलान २२ खेलमा ४९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
अर्को खेलमा एटलान्टाले नापोलीसँग खेल्नेछ ।
यस्तै पर्माले उडीनेजेसँग खेल्नेछ ।