काठमाडौँ । पाँच दिने नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डे र प्रधान सेनापति प्रभुराम शर्माबीच सोमबार जंगी अड्डामा भेटवार्ता भएको छ ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार महारथी शर्माको कार्यालयमा भएको भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको हो।
आजै बिहान पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको थियो।
सो अवसरमा पाण्डेले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरेका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।