भदौ २१, २०७९ मंगलबार

काठमाडौँ । केही दिनयता लगातार फेसबुकमा स्टाटस लेखेर अनावश्यक टिप्पणी गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेका वेला धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो ‘फाइट’ काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहसँग नभएको बताएका छन् ।


साम्पाङले खोल ओढेर बस्ने झोलेहरूसँग आफ्नो फाइट रहेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘ मेरो फाइट बालेनजीसँग होइन, झोलेहरूसँग हो खासमा, जो खोल ओढेर आइरहेका छन् ।’