काठमाडौँ । अछामको रामारोशन गाउँपालिकाका अध्यक्षकी भान्सेले चौतर्फी आलोचनापछि राजीनामा दिएकी छिन् ।
गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले आफ्नी श्रीमती जयसरा साउँदलाई करारमा भान्से नियुक्त गरेका थिए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले भान्से नियुक्त भएकी साउँदले राजीनामा दिएको र स्वीकृतसमेत भइसकेको बताएका छन् ।
साउँदले भान्से पदमा रही काम गरेबापत लिएको पारिश्रमिक पनि फिर्ता गरेकी छिन्।
३१ हजार छ सय ३० रूपैयाँ साउँदले फिर्ता गर्दै गाउँपालिकाको सञ्चित कोषमा दाखिला गरेको पनि उनले बताएका छन्। अध्यक्ष मानबहादुर गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट अध्यक्ष पदमा निर्वाचित भएका थिए।