भदौ २१, २०७९ मंगलबार

काठमाडौँ । सिक्लेस हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि २९ भदौदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँबराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।


यसमध्ये ५७ हजार ५०० कित्ता सामुहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा २ असोजसम्म आवेदन दिन सकिनेछ । सोअवधिमा सबै सेयर बिक्री नभएमा १२ असोजसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।