महेश सिंह, सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार शाहले नगरपालिकाबाट पाउने सेवासुविधामा कुनै प्रकारको कमि आउन नदिने बताएका छन् । कल्याणपुर नगरपालिकाको सहकार्य, दलित विकास मञ्च सिरहाको आयोजना तथा सि.वि.एम.ग्लोबलको साझेदारीमा सञ्चालित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा रहेका मेयर रामपुकार साहले सवै नागरिकको हकअधिकार बराबर भएकाले सेवासुविधाबाट बञ्चित नहुनेसमेत बताएका छन् । मेयर साहले अरू नागरिकसरह नै अपांगता भएका व्यत्तिmहरूलाई पनि सेवासुविधा प्रदान गर्न नगरपालिकाका कर्मचारीहरूलाई निर्देशसमेत दिएका छन् ।
मेयर साहले अपांगता भएका समुदायलाई सक्षम तथा आत्मनिभर्र बनाउने योजना र बजेटसमेत विनियोजन गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन् ।