काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लामो समयदेखि अव्यवस्थित तथा अवैध रूपमा सञ्चालन भइरहेका असन क्षेत्रका फुटपाथ खाली गर्न थालेको छ ।
महानगरले विभिन्न व्यापार, पार्किङ तथा अन्य संरचना मंगलवारदेखि हटाउन थालेको हो ।
असन क्षेत्रको फुटपाथमा लामो समयदेखि भाँडाकुँडा, क्रिष्टलका सामग्री, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्री हटाउन भने महानगरले भोलिसम्मको समय दिएको छ ।
असनका साँघुरा गल्लीका दुबैतिरको फुटपाथमा पसल राखिएपछि आउजाउमा समस्या हुने गरेको छ ।