काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा मङ्गलबार लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी आएको बताइएको छ ।
लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबालिगलाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको जाहेरीमा उल्लेख छ।
त्यसपछि भदौ ५ गते लामिछाने पीडित युवतीसँग काठमाडौंकै एक होटलमा बसेको र त्यहीँ उनको बलात्कार गरेको एक प्रहरशि अधिकारीले बताए । स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको छ ।