भदौ २२, २०७९ बुधबार

नेपालमार्ग, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले प्रदेश नं- १, मधेश प्रदेश, बागमती प्रदेश र  गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

अहिले बिहानको भू-उपग्रह  नक्सामा बाग्मती, गण्डकी प्रदेशको आकासमा पानी पर्ने बादल देखिएको छ । सुदूरपश्चिममा भने भदौ २४ र २५ गते हल्का वर्षाको सम्भावना रहेको मौसमविद् धर्मराज उप्रेतीले बताए ।