काठमाडौँँ । कास्कीका ३९ घर परिवारले पहिलो पटक लालपुर्जा पाएका छन् । भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न बनेको आयोगले उनीहरूलाई लालपुर्जा उपलब्ध गराएको हो ।
लालपुर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा जनताको नैसर्गिक हक भएको बताइन् । कास्कीमा ३० हजार हाराहारी भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबास रहेको तथ्याङ्क आयोगसँग छ । त्यसमध्ये पोखरामा मात्रै २० हजार बस्छन् ।