भदौ २२, २०७९ बुधबार

काठमाडौं: साफ महिला फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन्। 

दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछ। 

यस्तै आजै बेलुकी साढे ५ बजे हुने खेलमा बंगलादेश र माल्दिभ्स भिड्नेछन्।

यसअघि हिजो बेलुकी भएको प्रतियोगिताको पहिलो खेलमा भुटानलाई हराउँदै नेपालले विजयी सुरुआत गरेको छ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि ४–० को जित निकालेको हो। नेपालको जितमा सावित्रा भण्डारी र अनिता बस्नेतले दुई दुई गोल गरिन्।