काठमाडौँ । मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको पूर्वी खण्डको ट्रयाक १० वर्षपछि टुंगो लागेको छ ।
याम्दीदेखि नयाँपुलसम्म र लमजुङ सीमानादेखि भैंसेसम्म सडक धमाधम स्तरोन्नति भइरहँदा भैंसेदेखि याम्दीसम्म अन्योला थियो । याम्दी जौवारीपुलदेखी पोखरा बजार क्षेत्र छाडेर गाउँतर्फ रेखांकन गरिएको छ । भैंसेबाट मौजा हुँदै अर्मलाबाट याम्दी जोड्न लागिएको हो ।
रेखांकन गरिएको सडक ४० किलोमिटर लामो छ । याम्दीदेखि कालिखोलासम्म ४ लेन र त्यसपछि २ लेनको सडक बन्न लागेको हो । मध्यपहाडी राजमार्गको कास्की खण्डमा ९१ किमी सडक पर्छ । नयाँ रुटका लागि ४ अर्बको टेण्डर निकालिएको हो ।