चैत ३०, २०७७ सोमबार

भारतमा कोरोना भाइरसको महामारी लगातार विकराल बन्दै गएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार भन्दा बढिमा संक्रमण पुष्टि भएको छ ।

कोभिड–१९ का कारण आइतबार एकै दिन ९०४ जनाको ज्यान गएको छ। पछिल्ला दिनमा संक्रमित तथा ज्यान गुमाउनेको संख्या लगातार बढ्दो क्रममा छ ।

भारतमा कुल संक्रमितको संख्या एक करोड ३५ लाख भन्दा पुगेको छ। यस्तै कोभिड–१९ का कारण अहिलेसम्म एक लाख ७० हजार भन्दा धेरैको ज्यान गएको छ ।

हाल १२ लाख भन्दा बढिमा संक्रमितको सक्रिय अवस्थामा छन्। अहिलेसम्म भारतमा १० करोड ४५ हजार भन्दा बढिले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।