काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि ईन्द्रजात्रालाई विश्वव्यापीकरण गर्ने तयारी गरेको छ । बुधबार काठमाडौँ महानगरपालिकाले गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर बालेन शाहले त्यसका लागि विदेशी पाहुनाहरूलाई बोलाउन लागिएको जानकारी गराएका हुन् ।
८ दिनसम्म चल्ने ईन्द्रजात्रा जात्रा पर्सी शुक्रबारदेखि सुरु हुन लागेको छ । काठमाडौं र यस आसपासका क्षेत्रमा लागि मात्रै नभएर देशैभर यसको महत्व फैलियोस् भन्ने चाहना रहेको उनले बताए ।
विदेशी पाहुनाहरूलाई स्थानीय सरकारको साथै संघ सरकारको तर्फबाट पनि बोलाइएको उनले बताए ।
यस्तै उपप्रमुख सुनिता डंगोलले ४० वटाभन्दा बढी गुठीहरूसँग सहकार्य गरेर ईन्द्रजात्रा मनाउन लागेको जानकारी दिइन् ।