भदौ २२, २०७९ बुधबार

काठमाडौँ । यसवर्षको दसैँका लागि असोज १ गतेदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय भएको छ ।


यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले विश्वकर्मा पूजाको दिनदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।

त्यस्तै, अनलाइनबाट अग्रिम टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथासक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने र गराउने सहमति भएको छ ।