काठमाडौँ । जिल्ला प्रशासन कार्यालय लमजुङमा हालसम्म १८ हजार दुई सय ४१ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेका छन् ।
जिल्लाका आठवटै स्थानीय तहका नागरिकलाई राष्ट्रिय परिचयपत्रका लागि प्रशासनबाट नै सेवा दिएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए ।
उनका अनुसार जिल्लाभर राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या १८ हजार दुई सय ४१ जना रहेको छ । जसमा महिला सात हजार १ सय १७ छन् भने पुरुष ११ हजार १ सय २४ जना रहेको प्रजिअ वैद्यले बताए ।
वैदेशिक रोजगार विभागले राष्ट्रिय परिचयपत्र अनिवार्य माग गरेपछि जिल्लाका वैदेशिक रोजगारीमा जाने तथा डीभी भर्नेहरूका लागि अनिवार्य भएपछि जिल्ला प्रशासनमा परिचयपत्र बनाउन आउने मानिसको संख्या वृद्धि भएको हो ।