दुई खेलाडीहरू मेशन ग्रीनउड र सन्दीप लामिछाने अहिले चर्चामा छन् ।
प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका लागि फरवार्डका रूपमा खेल्ने इङ्लिस पेशेवर फुटबलर हुन् मेशन ग्रीनउड भने सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलिका कप्तान हुन् ।
यी दुई खेलाडी किन चर्चामा छन् ?
१) उमेरमा सन्दीप लामिछाने मेशनभन्दा ३।४ वर्ष जेठा छन् ।
२) मेशनलाई प्रेमिकामाथि घरेलु हिंसा गरेको मुद्दा परेको छ भने सन्दीपलाई नाबालिकमाथि बलात्कारको आरोप छ ।
३) मेशन उनको क्लबका लागि १०० मिलियन युरोबराबरको खेलाडी थिए भने नेपालको क्रिकेट टिमको कप्तानका रूपमा सन्दीप पनि एक महत्तवपूर्ण खेलाडी थिए ।
४) मेशनको क्लबले मुद्दा परेको खबर आउनासाथ निलम्बन गरिदियो, उनी निर्दोष साबित नहुँदासम्म उनको निलम्बन फुकवा हुँदैन ।
५) यता क्यानले सन्दीपलाई निलम्बन गर्न आनाकानी गरिरहेको छ ।
६) मेशनको हकमा उताको प्रहरीले अहिलेसम्म उनको परिचय सार्वजनिक रूपमा खुलाएको छैन। उनको गोपनीयताको हक सुरक्षित राख्ने असफल प्रयत्न गरेको छ । यद्यपि चर्चित खेलाडी भएका कारण उनीविरूद्धको मुद्दा मिडियामा छताछुल्ल भइहाल्यो ।
७) नेपाल प्रहरीले भने आधिकारिक रूपमा सन्दीप लामिछानेको नामसहित विज्ञप्ति जारी गर्यो, प्रहरीमा उजुरी परेको १२ घण्टा भित्र ।
८) मेशनलाई पनि निर्दोष भनेर बचाव गर्ने छन् भने अधिकांशले अदालतको फैसला कुरेको देखिन्छ।
९) सन्दीपको हकमा उनलाई समर्थन गर्ने हतारोमा अधिकांशले पीडितलाई दोष दिएको देखिन्छ। कानुनले प्रमाणित नगर्दासम्म उनी दोषी साबित भएका त छैनन्, कसैले चाहेर हुने पनि हैनन्।