चैत ३०, २०७७ सोमबार


काठमाण्डौ। चर्चित हास्य टेलिश्रृखंला ‘सक्किगोनी’का चर्चित पात्र मध्येकारहेका सीपी पुडासैनी ‘धतुरे’ । यी नै धतुरे  ‘सक्किगोनी’ छोडेर नयाँ हास्यँश्रृखला निर्माणमा जुटेका छन् । उनले अहिले हाँस्यश्रृखला ‘राम्रो म’ बनाउन लागेका हुन् ।

हाँस्यश्रृखला ‘के जमाना आ’(नेपाल टेलिभिजन), क्या जमाना आ १’ (एपि वान टिभीमा), हे सिटामोल (नाइस टेलिभिजन)मा निर्माण प्रसारण गरेका सीपीले सबै श्रृखलामा ‘धतुरे’ पात्रलाई जिबित राखेका थिए । सोही पत्र समेत रहने गरेर उनले नयाँ श्रृखला बनाउन लागेका हुन् ।

श्रृखंलामा सीपीका अलवा रामचन्द्र अधिकारी, केशव सापकोटा, मेलिना ठकुरी, शिवहरि नेपाल, सोनाम लामा, रुपेश मण्डल, सीताराम श्रेष्ठ, सानु बोगटी, दीपु खड्का, प्रमोद खनाल लगायतको अभिनय रहनेछ । 

श्रृखंलाको शिर्ष गीतमा भने राजेश पायल राईको स्वर, प्रकाश पुञ्जको शब्द र शशी बिक्रम थापाको संगीत समेटिएको छ ।लेखन/निर्देशन समेत सीपी स्वयंकै रहने श्रृखंला बैशाखको अन्तिम साता प्रसारणमा आउने छ । श्रृखंला प्रसारणका लागि टेलिभिजन भने फाइनल हुन बाँकी रहेको छ ।