भदौ २३, २०७९ बिहिबार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज १४ दिनका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई सापटीका रूपमा २० अर्ब रुपैयाँ तरलता प्रवाह गर्न लागेको छ । 


इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ः १५ बजेसम्म बैंकद्वारा जारी गर्ने रिपोका लागि आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकका अनुसार आवेदकले न्यूनतम १० करोडदेखि माथि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् ।


राष्ट्र बैंकले बजारमा तरलता अभाव भएका बेला रिपोमार्फत बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन कर्जा सापटी दिने गर्छ भने बजारमा अधिक तरलता भएको बेला रिभर्स रिपोमार्फत पुनः पैसा उठाउने गर्छ ।