काठमाडौ । निजी वायु सेवा सञ्चालकहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ (आओन) ले पोखरा क्षेत्रिय अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको सम्बन्धमा आपत्ति जनाएको छ ।
आगामी जनवरी १, २०२३ देखि विमानस्थलको औपचारिक रूपमै सञ्चालनमा ल्याउने घोषणा गरेको छ । तर, वायु सेवा सञ्चालक संघले पहिलो सम्पूर्ण भौतिक तयारी पूरा गरी सम्भावित जोखिमहरूलाई समेत न्यूनीकरण गरेर मात्र विमानस्थल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेको हो ।
संघले विमानस्थल सञ्चालनका लागि पहिला ल्याण्डफिल साइट सानुपर्ने बताउँदै विमानस्थल वरपर बसोबास गर्ने ठूला चरा गिद्धदेखि साना चराचुरुङ्गीहरूको नियन्त्रण गर्नुपर्ने बताएको छ ।
बिहीबार संघको अध्यक्ष क्याप्टेन रामेश्वर थापाले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।