काठमाडौँ । नेपाल राष्ट्र बैंकले दसैं तिहारका लागि भन्दै आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ । बैंकले पहिलो चरणमा बाणिज्य र विकास बैंकहरूबाट सटही सुविधा उपलब्ध गराउन शुरु गरेको हो ।
पहिलो दिन ८ वटा वाणिज्य बैंकहरूलाई २० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा प्रदान गरिएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले जानकारी दिए ।
यस्तै विकास बैंकहरूलाई आजै राष्ट्र बैंकले करिब ३० करोड रुपैयाँ बराबरको नयाँ नोट उपलब्ध गराउनेछ । अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई यसैगरी क्रमशः नयाँ नोट उपलब्ध गराउँदै जाने नेपालले जानकारी दिए ।
सर्वसाधारणले भने यही भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउनेछन् । एक पटकमा एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिए पनि दोहो¥याएर साट्न आउनेलाई समेत कुनै रोकतोक नहुने नेपालले बताए ।