भदौ २३, २०७९ बिहिबार

काठमाडौं: नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट बिहिबारबाट सुरु भएको छ।  प्रतियोगिताको आधिकारिक सुरुवातअघि नै क्रिकेटको राष्ट्रिय प्रतियोगिता सुरु गरिएको हो।

टी-२० फर्म्याटमा जारी प्रतियोगितामा पहिलो दिनको खेलनै वर्षाले प्रभावित बनेको छ। बिहिबारनै मुलपानि मैदानमा हुने तय भएको मधेश प्रदेश र गण्डकी प्रदेश बिचको खेल टस पनि नभई रद्द गरियो। वर्षाका कारण आउट फिल्ड भिजेपछि खेल रद्द गरिएको हो।

पुरुषतर्फ टियु मैदान कीर्तिपुरमा भएको उद्घाटन खेलमा गैरआवासीय नेपाली (एनआरएनए) ले सुदुरपश्चिमलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्दा वर्षाका कारण खेल ६ ओभरमा घटाइएको थियो। जहाँ एनआरएनएले पहिलो ब्याटिङ गर्दै ४ विकेट गुमाएर ७४ रन बनाएको थियो। जवाफमा सुदूरपश्चिम ६ विकेट गुमाएर ६२ रन मात्र बनाउन सक्यो।

टस जितेर पहिलो ब्याटिङ गरेको एनआरएनएका लागि सागर पुनले सर्वाधिक ४६ रनको योगदान दिदा उनले १९ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरेका थिए। त्यस्तै  कप्तान सुनम गौतमले २४ रन बनाए। सुदूरपश्चिमका लागि हेमन्त धामी र शेर मल्लले समान २-२ विकेट लिए।

७५ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको सुदुरपश्चिम भने पुरै ओभर खेलेपनि जित निकाल्न असफल रह्यो। सुदुरपश्चिमका लागि ओपनर खड्क बोहराको १२ रन सर्वाधिक रह्यो।

त्यस्तै कप्तान राजु रिजालले ११ रन बनाउँदा  थप दोहोरो स्कोरका रुपमा बसन्त खत्रीको १० रन रह्यो।