एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिको मड्रिड बराबरीमा रोकिए पनि शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति रियल बेटिसको मैदानमा भएको खेलमा १-१ गोलको बराबरी खेल्दै एथ्लेटिको शीर्ष स्थानमा फर्किएको हो ।
घरेलु टोली विरुद्ध लिएको अग्रता जोगाउन नसक्दा मड्रिड बराबरीमा रोकिएको हो । खेलको चौथो मिनेटमा यान्निक कारस्कोले गोलमा एथ्लेटिकोले १-० को अग्रता बनाएको थियो ।
तर, खेलको २० औं मिनेटमा बेटिसका क्रिस्टियन टेलोले गोल गरेपछि एथ्लेटिको १-१ गोलको बराबरीमा पुर्यार र बाकी समय दुवै टोलीबाट थप गोल हुन नसक्दा दुवै टोलीले अंक बाडेका हुन ।
उक्त बराबरीसँगै एथ्लेटिको रियल मड्रिडलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लन भने सफल भएको छ ।
३० खेलबाट ६७ अंक जोडेको छ । यता दोस्रो स्थानको रियलको ६६ अंक रहेको छ ।
रियल बेटिसको भने समान ३० खेलबाट ४७ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।