भदौ २३, २०७९ शुक्रबार

युएईमा जारी एसिया कप क्रिकेटको सुपर चारमा भारतले अफगानिस्तानलाई हराएको छ ।

दुबईमा बिहीबार राति भएको आफ्नो अन्तिम खेलमा भारतले अफगानिस्तानलाई १ सय १ रनले हराएको हो ।

भारतको यो सान्त्वना जीत  हो । भारत यस अघि नै बाहिरिसकेको छ । अफगानिस्तान भने सुपर चारमा जीत  विहीन बनेको छ ।

भारतले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो ।


अफगानिस्तानका लागि इब्राहिम जाड्रनले अविजित  रहँदै ६४ रनको अर्धशतकीय इनिङ खेले ।

मुजिब उर् रहमानले १८ तथा राशिद खानले १५ रन बनाए ।


भारतका भुवनेश्वर कुमारले मात्र ४ रन खर्चिएर ५ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २ सय १२ रन जोडेको थियो ।

भारतका लागि बिराट कोहलीले अविजित  रहदै १ सय १२ रनको शतकीय इनिङ खेले । उनको यो पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय शतक हो । यस्तै करियरको ७१ औं शतक हो ।

त्यस्तै कप्तान केएल राहुलले ६२ रनको अर्धशतकीय इनिङ खेले । ऋषव पन्त २० रनमा अविजित  रहे ।

अफगानिस्तानका फारिद अहमदले २ विकेट लिए ।