भदौ २४, २०७९ शुक्रबार

काठमाडौँ । नेपाली सेनाले देशभरका २० वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने गरी ४ हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ ।  

दरखास्त भदौ २४ देखि असोज २३ गतेसम्म दिन सकिने नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग,जंगी अड्डाले जनाएको छ।  दोब्बर दस्तुर तिरेर असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ। 

यसका लागि सेनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा शारीरिक रूपमा असक्त/मृत्यु भएका नेपाली सैनिकका सन्तती, खुला र समावेसीतर्फ ४ हजार माग गरेको हो।