भदौ २४, २०७९ शुक्रबार

काठमाडौँ । टेकुस्थित ट्रान्सफर स्टेसनमा साढे दुई दशकदेखि फोहोर थुप्रिँदै आएको थियो । फोहोरका कारण टेकु वरिपरि हिँड्नसमेत सकिन्नथ्यो । 

तर, केही दिनयता टेकुको फोहोर सबै उठेको छ । फोहोरका रास सबै व्यवस्थापन भइसकेको छ । काठमाडौं महानगरपालिकाले स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गरेसँगै अहिले फोहोर व्यवस्थापनमा सहज हुँदै छ । त्यसमा पनि महानगर प्रमुख बालेन्द्र साहले फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई पनि गुहारेपछि अहिले टेकुसहित काठमाडौंका सडकमा फोहोर देखिन छाडेको छ ।