फागुन ९, २०७७ आइतबार


काठमाडौं । 
नेपाल प्रहरीका पूर्व आईजिपी सर्वेन्द्र खनालले आउँदो प्रतिनिधिसभा चुनावमा आफू पनिउम्मेदवार रहने बताएका छन्।

एक टेलिभिजन सँगको कुराकानीमा खनालले आफू उम्मेद्वार बन्ने बताएका हुन। तर, कुन पार्टीबाट र कहाँबाट उठ्ने भन्नेबारे छलफलमै रहेको खनालले बताए।

प्रतिनिधिसभा विघटनपछि आगामी बैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरिएको छ। नीति निर्माण गर्ने तहमा गएर केही गर्नुपर्छ भन्ने सोचमा आफू रहेको खनालले बताएका हुन।

पूर्व प्रहरी महानिरीक्षक खनाल तनहुँका स्थानीय हुन। आईजिपीबाट अवकाश पाइसकेपछि उनी पछिल्लो समय केपी शर्मा ओली निकट नेकपासँग नजिक छन्।

प्रधानमन्त्री ओलीको निर्देशनमा उनी सहित ओली समूहमा महेश बस्नेत लगायतको टोलीले जसपाका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएका थिए।