काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले नेपाली राष्ट्रिय महिला फुटबल टिमलाई भेटेका छन् ।
मेयर बालेन र उपमेयर डंगोलले शुक्रबार इन्द्रजात्राका लागि अन्तरराष्ट्रिय प्रतिनिधिहरूसँग भेटघाट गर्न सोल्टी होटल जाँदा राष्ट्रिय टिमलाई पनि भेटेर साफ महिला च्याम्पियनसिपका लागि शुभकामना दिएका हुन् ।
२१ भदौदेखि सुरु भएको महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानलाई ४–० को जित निकालेको थियो । नेपालले सोमबार श्रीलंकासँग खेल्ने तालिका छ ।
समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान र श्रीलंका छन् । यता, समूह ‘ए’ मा साविक तथा प्रतियोगिताको एकमात्र विजेता भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् । प्रतियोगिताको फाइनल खेल ३ असोजमा हुनेछ ।