काठमाण्डौं। मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको बैठक नुवाकोटमा सम्पन्न भएको छ । बैठकले बर्मेली नागरिकको जीवन रक्षा एवं शान्ति र लोकतन्त्र बहालीका लागि शान्ति समाजले थालेको अभियानलाई तिव्रता दिने निर्णय गरेको छ।
समाजले बर्मामा भइरहेको हत्या र दमनविरुद्ध नुवाकोटको विदुरमा प्रदर्शन समेत गरेको थियो।शान्ति समाज नुवाकोट शाखाले चैत २३ गतेदेखि सप्ताहव्यापी विरोध कार्यक्रम सुरु गरेको हो।