भदौ २४, २०७९ शुक्रबार

काठमाण्डौ: दशैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा सेवाग्राहीहरूलाई लक्षित गरेर आईएमईले ल्याएको अफरको पहिलो हप्ताका विजेता सार्वजनिक भएको  छ । 

आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक अफर अन्तर्गत सेवाग्राहीहरू रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता छनोट भएका हुन् । 

बिहीवार काठमाण्डौ पानीपोखरीमा रहेको केन्द्रीय कार्यालयबाट फेसबुक लाइभमार्फत नतिजा सार्वजनिक गरिएको हो । 

रिया फानान्सियल सर्भिस बेल्जियम र अष्ट्रेलियाबाट पैसा पठाउने विजेताद्वयले जनही २५ हजार रुपैयाँ प्राप्त गर्ने भएका छन् । त्यस्तै सेवाग्राहीहरू कृष्णप्रसाद भुसाल, बोमबहादुर थापा मगर, महेन्द्र मल्ल, निर्मल, शीतल कुमार महतो, कृष्ण कुमार कटुवाल र मनोज मेयाङ्गबो दैनिक विजेता छनोट हुनुभएको हो । उहाँहरू प्रत्येकले एकरएक सेट सामसुङ मोबाइल उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित रही यस पटकको स्किम सञ्चालन हुनेछ । अफर अनुसार विदेशबाट आईएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एक जनालाई सामसुङ मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आईएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही २५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रुपैयाँ दश लाख रुपैयाँ उपहार स्वरूप प्रदान गरिनेछ । 

कुल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने ‍यो अफर यही भाद्र १६ गतेदेखि कार्तिक १६ सम्म कुल ९ हप्ता अर्थात ६३ दिन सञ्चालन हुनेछ । 

अफर अवधिका विजेता सिस्टममा आधारित लक्की 'ड्र' मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।  नतिजा कम्पनीका आधिकारिक सामाजिक सञ्जाल पेजहरू तथा मिडियामार्फत सार्वजनिक हुने छ ।