भदौ २४, २०७९ शुक्रबार

काठमाडौँ । महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई नेपालकै ठूलो धनराशिको पुरस्कार प्रदान गरिने भएको छ । गैरआवासीय नेपाली संघ र बिबी फाउण्डेशनको संयुक्त पहलमा उक्त पुरस्कार दिइने भएको हो ।

नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरूप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्त रूपमा रू एक करोडको ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान गर्न लागिएको हो।


बिबी फाउण्डेसनका अध्यक्ष एवं गैरआवसीय नेपाली संघका पूर्वअध्यक्ष भवन भट्टले १० औं सम्मेलनका अवसरमा उक्त पुरस्कारको घोषणा गरेका थिए। ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुईदुई वर्षमा प्रदान गरिनेछ । 

पुरस्कार आगामी मंगलबार काठमाडौंमा प्रदान गरिने भएको छ।