चैत ३०, २०७७ सोमबार

काठमाडौँ- बाँसबारीस्थित विश्व हिन्दु महासंघको कार्यालयमा लगाइएको ताला अज्ञात समूहले फोडेको पाइएको छ।

महाराजगन्ज प्रहरी वृत्तका प्रमुख रोशन खड्काले कार्यालयको ढोका खुला अवस्थामा रहेको सूचना आएपछि प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए।

प्रहरीका अनुसार शनिबार र आइतबार कार्यालय बन्द रहेकामा सोमबार बिहान खोल्न जाँदा ताला फोडिएको अवस्थामा भेटिएको थियो। ‘ भित्रबाट सामान केही हराएको छैन तर ताला भने फोडिएको अवस्था छ’, महाराजगन्ज प्रहरी वृतका प्रमुख खड्काले भने।