भदौ २४, २०७९ शुक्रबार

काठमाडौँ । संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनप्रति दु:ख व्यक्त गर्दै उनको सम्मानमा नेपाल सरकारले ३ दिन शोक मनाउने भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
 
बैठकले भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र  नेपालभरका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।

‘यस दुखःद् घडीमा बेलायत सरकार, बेलायती जनता एवं शोक सन्तप्त बेलायती राजपरिवारप्रति नेपाल सरकार हार्दिक समवेदना व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

९६ वर्षको उमेरमा बिहीबार उनको निधन भएको हो।