सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा फसाउन खोजेको आरोप लगाउँदै घटनाको सत्यतथ्य छानबिन गर्न उनका समर्थकहरूले वीरगञ्जस्थित घण्टाघर चोकमा विरोध प्रदर्शन गरेका छन्।
यस क्रममा उनीहरूले विभिन्न नाराहरू लेखिएको पम्प्लेट प्रदर्शन गरेका थिए । दोषी करार नहुँदै कसैको चरित्र हत्या गर्न मिल्दैन, महिलामुखी अधिकार कानुन हुँदैन, पुरुषलाई दमन गर्न पाउँदैन, घटनाको सत्यतथ्य छानबिन गर लगायतका पम्पलेट बोकेर उनीहरूले नाराबाजीसमेत गरेका थिए।