अस्ट्रेलियाका कप्तान आरोन फिन्चले एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
यद्यपि अर्को महिना घरेलु मैदानमा हुने टी–२० विश्वकपमा भने उनले अष्ट्रेलियाको कप्तानी जारी राख्नेछन्।
‘अहिलेसम्मको यात्रा गजबको रह्यो। उत्कृष्ट एकदिवसीय टोलीको हिस्सा बन्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छु। मैले क्रिकेट खेलेका सबैसँग आशिर्वाद र साथ पाएको छु’, उनले भनेका छन्।
सन् २०१३ मा श्रीलंकाविरूद्ध एकदिवसीयमा डेब्यू गरेका उनले अष्ट्रेलियाका लागि १४५ खेलमा १७ सतक र ३० अर्धसतकसहित ५४०१ रन बनाएका छन्।
उनी एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाका लागि चौथो सर्वाधिक शतक प्रहार गर्ने खेलाडीसमेत हुन्। उनीभन्दा अगाडि २९ सतक प्रहार गरेका रिकी पोन्टिङ छन्। यस्तै डेभिड वार्नर र मार्क वाले समान १७–१७ शतक बनाएका छन्।