काठमाण्डौ। ४ बर्षको अन्तराल पछि नेपाली युवा क्रिकेट टोलीको मुख्य प्रायोजकमा चौधरी समूहको उत्पादन रहेको बाई बाई चाउचाउ पुनः जोडिएको छ ।
आज एक कार्यक्रमका बिच नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रपका प्रबन्धनिर्देशक निर्वाण चौधरी सो सम्झौतामा हस्ताक्षर गरे सम्झौता अनुरुप बाई बाईले क्यानलाई बार्षिक ७० लाख पाँच बर्ष सम्म उपलब्ध गराउने छ ।
सम्झौता अनुरुप यो सम्झौताको अवधी ५ बर्ष सम्म रहेको छ । क्यानले आयोजना गर्ने यु १९ टोलीको सम्पूर्ण प्रतियोगितामा चौधरीको ग्रुपको उत्पादन वाइवाइले मुख्य प्रायोजन गर्नेछ।
चौधरी ग्रुपले १६ वर्षदेखिको सहकार्यलाई पुनः निरन्तरता दिएको हो।