भदौ २५, २०७९ शनिबार

काठमाडौँ । सडक पेटीमा अव्यवस्थित रूपमा राखिएका सामग्री ३ दिनभित्र हटाउन बुटवल उपमहानगरपालिकाले सूचना जारी गरेको छ । नगरलाई सफा, सुन्दर र व्यवस्थित राख्न भन्दै नगरले त्यस्ता संरचना हटाउन आग्रह गरेको हो ।


बुटवलको गोलपार्कदेखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरू समेतमा सडकको क्षेत्राधिकार, सडकपेटी, चोक, चौराहामा अव्यवस्थित रूपमा रहेका ठेला, टङ्की,  निर्माण सामग्री, सवारी पार्किङ, वर्कसप लगायतका सामानहरू राखी अवरोध गर्ने गरेको देखिएकोले शुक्रबारको मितिले ३ दिनभित्र खाली गर्न सूचनामार्फत आग्रह गरिएको छ ।