चैत ३०, २०७७ सोमबार

काठमाडौं : नेपाली फुटबल इतिहासमै पहिलो पटक हुन लागेको नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल प्रतियोगिताका लागि ललितपुर सिटी एफसीले क्रोएसियाका भिलिम पोसिन्कोभिकलाई भित्र्याएको छ।

ललितपुरका प्रशिक्षक प्रदीप हुमागाईँले भिलिमलाई भित्र्याएको पुष्टि गरेका छन्। त्यस्तै भिलिम आइतबार नेपाल आइपुगेका छन्। 

हाल ३० वर्षीय भिलियन लेफ्ट विंगर हुन्। सन् २००८ देखि व्यवसायिक फुटबल खेल्न थालेका उनीसँग क्रोएसिया, टर्की, ग्रिस, फिनल्यान्ड, बुल्गेरिया र बोस्नियाको क्लबबाट खेलेको अनुभव छ।

भाटभटेनी सुपरमार्केटको स्वामित्वमा रहेको ललितपुरको मार्की खेलाडीमा अञ्जन विष्ट रहेका छन्।

ललितपुर सिटीमा आबद्ध खेलाडीहरु
 ( अन्जन विष्ट मार्की )
अक्सनबाट - मिक्छेन तामाङ , नवीन लामा, विनोद गुरुङ , प्रवेश दनुवार , कमल श्रेष्ठ , एरिक विष्ट , विमल राना मगर , रोहित कार्की , सरोज योन्जन , रन्जन विष्ट , निरज बस्नेत , पल्साङ लामा , गौरव बुढाथोकी , र अर्पन कार्की रहेका छन् ।