भदौ २५, २०७९ शनिबार

काठमाडौँ : हिमानी शाह र उनकी छोरी कृतिका गोरखा दरबार पुगेका छन् । उनी त्यहाँ पुगेर शाह वंशका कूल देवता गोरखकालिका र गोरखनाथको पूजा गरेकी छिन् । 

शनिबार बिहान साढे ८ बजे गोरखकाली मन्दिर पुगेकी हिमानी र उनकी छोरी कृतिकाले डेढ घण्टा लगाएर तान्त्रिक विधिले गोरखकाली र गोरखनाथको पूजा गरेकी हुन्।

साथै कैलाशकुटमा राखिएको देवीको दर्शन पनि गरेकी छिन्। कैलाशकुट प्रवेशमा राज खलकबाहेक अरूलाई अनुमति छैन ।

राज खलकले तान्त्रिक विधिबाट गोरखकालीको पूजाअर्चना गर्ने गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले जानकारी दिए।

साथै उनीहरूले हालै पुनर्निर्माण सम्पन्न भएको चार सय वर्ष पुरानो गोरखा दरबारको पनि अवलोकन गरेका थिए।

हिमानी ट्रष्टले वितरण गर्ने स्टेशनरी सामग्री हस्तान्तरणका लागि उनी शुक्रबार राति गोरखा आइपुगेकी हुन्। ट्रष्टले तीन हजारभन्दा धेरै विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ।