भदौ २५, २०७९ शनिबार

भक्तपुर, २५ भदाै । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह शनिबार भक्तपुर पुगेका छन् । बालेनसहित उपमेयर सुनिता डंगोलको टोलिले भक्तपुरको दरबार स्क्वायरको अवलोकन भ्रमण गरेको थियो ।

बालेनलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका छन् । उनको स्वागतमा नगरपालिकाको कक्षमा कार्यक्रम आयाेजना गरिएको थियो ।

बालेन भक्तपुर नगरपालिकाकाको काम कारबाहीबाट प्रभावित छन् । उनी निर्वाचन परिणाम आउँंदै गर्दा पनि भक्तपुर नगरपालिकाको कार्यालय पुगेका थिए ।