भदौ २६, २०७९ आइतबार

नेपाल भुटानसँग २–० गोल अन्तरले पराजित भएको छ ।  शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा भएको पहिलो खेलमा नै नेपाल पराजित भएको हो ।  भुटानलाई जीत दिलाउन सोनाम छोझाङ र कर्मा टासी जाम्त्सोले एक एक गोल गरे । पहिलो हाफमा भुटानले एक गोल गर्यो भने दोस्रो हाफमा एक गोल गरेको हो । 

खेलको ३३ औं मिनेटमा सोनामले गोल गर्दै भुटानलाई सुरुआती अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा कर्मा टासीले गोल गर्दै भुटानलाई २–० को जित दिलाए । जितसँगै भुटानले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । नेपालले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपालको समूहमा भुटानसँगै कतार, बहराइन र बंगलादेश छन् ।  समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छ । नेपालले बिहीबार बहराइनसँग खेल्नेछ ।