काठमाडौँ । महावीर पुनको टोलि पोखरास्थित फेवातालमा भरिएको जलकुम्भी झार निकाल्न पोखरा पुगेको छ । शनिबार ५ हजार किलो जलकुम्भी निकालिएको संयोजक डा. रवीमोहन ढकालले जानकारी दिए । २ सय जनाजति स्वास्थ्यर्की एवं चिकित्सक, इन्जिनियरलगायत सहभागी भएका थिए । पुनले तालको जलकुम्भी हटाउने दीर्घकालीन समाधानको प्रस्तावसमेत गरेका छन् ।
‘सधैँ दुईचार महिनामा एक पटक सफा गरेर पुग्दैन । ती जलकुम्भी झारहरू हटाउने मसिन नबनाइ हुँदैन,’ उनले भने, ‘सो मसिन बनाउने जिम्मा राष्ट्रिय आविष्कार केन्द्रले लिनेछ र सो काम पोखराको पश्चिमा्चल ईन्जिनियरिङ कलेज लामाचौरमा गरिने छ ।’ सबै सामान आविष्कार केन्द्रले उपलब्ध गराउने पुनले बताए । ८ महिनाभित्रमा काम सक्ने गरी थालनी हुने उनको भनाइ छ ।
फेवातालमा क्यानडाबाट ल्याइएको मेसिन छ । तर त्यसले खासै काम गर्दैन । मेसिन बनाउने रकम दान र सहयोगमार्फत संकलन गरिने पुनले जानकारी दिए । केही दिनयता ताललाई जलकुम्भीले ढाकेको छ ।