चैत ३०, २०७७ सोमबार

काठमाडौं : सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलको उपाधि चर्च ब्वाइज युनाईटेडले जितेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स सम्पन्न सुपर सिक्सको अन्तिम लिग खेलमा झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले उपाधि जितेको हो ।

चर्च ब्वाइजको जितमा रुजन माझी र सोम थापाले १/१ गोल गरे । यता झापाका श्यामु मुर्मुले एक गोल फर्काए ।

उक्त उपाधिसँगै चर्च ब्वाइज 'बी' डिभिजन लिगमा बढुवा समेत भएको छ । त्यस्तै 'सी' डिभिजन लिगमा बढुवा भएको एक वर्ष नपुग्दै चर्च ब्वाइज 'बी' डिभिजन लिगमा बढुवा भएको हो ।

यता विरगंज युनाइटेड क्लब र सामाजिक युवा क्लब पनि 'बी' लिगमा बढुवा भएको छ ।