चैत ३०, २०७७ सोमबार

काठमाडौं : नेपाली घरेलु फुटबल इतिहासमै पहिलो पटक सुरु हुन लागेको फ्रेन्चाईज लिग खुकुरी नेपाल सुपरको उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच रोमाञ्चक भिडन्त हुने भएको छ ।

नेपाल स्पोर्टस एण्ड एभेन्ट्स म्यानेजमेन्टनको आयोजनामा कुल ७ टोलीको सहभागिता रहेको यस प्रतियोगिता आगामी वैशाख ११ गते बाट दशरथ रंगशालामा सुरु हुँदैछ । एनएसएलले सोमबार खेल तालिका सार्वजनिक भएको हो ।

जसमा पहिलो खेल वैशाख ११ गते साँझ ५ः३० बजे सुरु हुनेछ । त्यस्तै दोस्रो दिन वैशाख १२ गते दुई खेल हुनेछन् । दिउँसो २ः३० बजे सुरु हुने खेलमा विराटनगर सिटी एफसी र धनगढी एफसीबीच खेल हुनेछ । सोही दिन साँझ ५:३० बजे पोखरा थन्डर्स र बुटवल एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि वैशाख ११ देखि २५ गते सम्म एनएसएल हुने भनिएपनि नयाँ तालिका अनुसार जेठ १ गते समापन हुनेछ , भने कुल २५ खेल हुने भएका छन् ।

 

पुरा खेल तालिका यसप्रकार रहेको छ