काठमाडौँ — सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–४ फुल्पिङकट्टीस्थित थाक्पा क्युर्सा चौंरी खर्कमा मानव कंकालको अवशेष भेटिएको सिन्धुपाल्चोक प्रहरीका डीएसपी शिव बुढाथोकीले जानकारी दिए का छन् ।
‘जीर्ण भइसकेको गोठमा भेटिएको कंकालको अवशेष पुरुषको भएको मात्रै खुलेको छ । यसबारे हामी अध्ययनकै क्रममा छौं, थप केही खुलेको छैन,’ उनले भने ।
उक्त मानव कंकाल एक साताअघि नै भेटिएको थियो ।