एजेन्सी। भारतमा जारी ईण्डियन प्रिमियर लिग(आईपिएल)मा पन्जाव किंग्सले राजस्तान रोयल्स माथि ४ रनको रोमान्चक जित निकाली विजयी सुरुवात गरेको छ।
मुम्बईमा टस हारेर पहिले बलिङ गरेको पन्जावले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २२१ रन बनाएको थियो। उसका ओपनर तथा कप्तान केएल राहुल र अलराउन्डर दिपक हुड्डाले अर्धशतकिय ईनिङ खेले। के एल राहुलले ५० बलमा ९१ तथा हुड्डाले २८ बलमा ६४ रन बनाए भने क्रिस गेलले ४० रन बनाएको पारीमा राजस्तानका लागि चेतन सकारियाले ३ तथा क्रिस मोरिसले २ विकेट लिए। 
२२२ रनको विशाल लक्ष्य पछ्याएको राजस्तान निर्धारित ओभरमा ७ विकेट गुमाएर २१७ रनमा नै रोकिन पुग्यो। राजस्तानका लागि कप्तानमा डेब्यु गरि रहेका सन्जु सामसनले बिस्फोटक रुपमा शतक जोडेपनि टोलिलाई जित दिलाउन भने सकेनन्। उनले ६३ बलमा ११९ रनको पारी खेले। पन्जावका लागि अर्सदिप सिंहले ३ तथा मोहम्मद सामीले २ विकेट हात पारे। 
सामसनले कप्तानको रुपमा डेब्यु खेलमा सर्वाधिक रनको किर्तिमान समेत आफ्नो नाममा राख्न सफल भए।
आईपिएलमा आज मुम्बई ईण्डियन्स र कलकत्ता नाईटराईडर्स बिच खेल हुने छ।