एजेन्सी। भारतमा जारी ईण्डियन प्रिमियर लिग(आईपिएल)को १४ औ संस्करणको पाचौं दिन आज एक खेल हुदै छ। नेपाली समयानुसार बेलुका ७:४५ मा हुने खेल चेन्नाईमा हुनेछ। कलकत्ता नाईटराईडर्सले साबिकको बिजेता मुम्बई ईण्डियन्सको सामना गर्ने छ।
आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसॅंग रोमान्चक हार ब्यहोरेको मुम्बई आज जित निकाली लयमा फर्कन चाहान्छ भने आफ्नो पहिलो खेलमा सनराईजर्स हैदराबादलाई पराजित गरेकोमा आजको खेलमा पनि जितलाई निरन्तरता दिन ऊ मैदान उत्रदै छ। यि दुई बिच आज रोमान्चक खेल हुने अनुमान गरिएको छ।
यि दुवै टोलीको सम्भाबित अन्तिम ११ यसप्रकार रहन सक्छ:
कलकत्ता नाईटराईटर्स
शुभमन गिल,नितिस राना,राहुल तिवारी,ईयोन मोर्गान,दिनेश कार्तिक,आन्द्रे रसल,साकिव अल हसन,पाट कमिन्स,हरभजन सिंह ,वरुण चक्रवर्ती र प्रसिद्ध कृष्ना
मुम्बई ईण्डियन्स
रोहित शर्मा,क्रिस लिन, इशान किसन,सुर्यकुमार यादव,हार्दिक पाण्ड्या,कायरन पोलार्ड,कुर्नाल पाण्ड्या,राहुल चहर,मार्को ज्यान्सन,ट्रेन्ट बोल्ट र जसप्रित बुमराह